प्रारम्भिक कक्षा पढाइ सम्बन्धी “रमाइलो पढाइ” मोबाइल एपबारे सम्बन्धित सरोकारवालाहरूलाई जानकारी दिई प्रयोग गर्न–गराउनु हुन ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ
७७ ओटै जिल्लाहरू ।

प्रस्तुत विषयमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पु¥याउने उद्देश्यका साथ अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को आर्थिक सहयोग र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संयोजकत्वमा बनाइएको “रमाइलो पढाइ” मोबाइल एप अब गुगल प्ले स्टोरमा उपलब्ध रहेको जानकारी गराउँदछौँ । 
प्रारम्भिक कक्षाका बालबालिकाहरूका लागि पढाइ रमाइलो बनाउन शिक्षक र अभिभावकहरूले सजिलै प्रयोग गर्न सक्ने गरी तयार पारिएको यस एन्ड्रोइड मोबाइल एपमा पाठ्यक्रम विकास केन्द्रद्वारा विकास र प्रकाशन गरिएको ५६ वटा रोचक कथाहरू र कविताहरूलाई नेपाली भाषामा रेकर्ड गरी तिनका चित्र पुस्तकहरूका साथ समावेश गरिएका छन् । साथै, नेपाली भाषालगायत १० स्थानीय भाषाहरूमा रेकर्ड गरिएका विभिन्न चेतनामूलक रेडियो सन्देश तथा रेडियो कार्यक्रमहरू पनि समाविष्ट छन् । रेडियो कार्यक्रमअन्तर्गत प्रारम्भिक कक्षाका शिक्षकहरूलाई कक्षाकोठामा सहयोगी हुने शिक्षण उपायसहितका सामग्री, रेडियो नाटक र विशेष अतिथिसँगको रमाइला कथाहरू समेटिएका छन् ।
यस “रमाइलो पढाइ” मोबाइल एपबारे स्थानीय तहका शिक्षा शाखा तथा जिल्लाभरिका सामुदायिक विद्यालयहरूलाई जानकारी गराई प्रधानाध्यापक, शिक्षक, आधारभूत तह प्रमुख, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र प्रारम्भिक कक्षा पढाइ उपसमितिका सदस्यहरूमार्पmत् दौँतरी शिक्षक अभिभावकहरूसहित प्रारम्भिक कक्षाका बालबालिकाका अभिभावकवर्गलाई यसै पत्रसँग संलग्न एप प्रयोग विधिबारे अवगत गराई वहाँहरुको मोबाइल फोनमा एप इन्स्टल गर्नका लागि आवश्यक सहयोग गरी एपको व्यापक प्रयोग गर्न–गराउनु हुन निर्देशानुसार अनुरोध छ ।
 


Attached Documents
Title Size Type View Download
ramailo padhai letter 985 Kb image/jpeg View Download
रमाइलो पढाइ (Ramailo Padhai) मोबाइल एप_परिचय र प्रयोगविधि 2173 Kb application/pdf View Download

Recent News

Our Offices