नेपाल सरकार

शिक्षा मन्त्रालय

शिक्षा विभाग

भाषा : नेपाली / English

।।।।।।।।। शिक्षा विभागले २०६९ भाद्रमा गरिएको सरुवा विवरणको सुचि निस्कासन गरेको छ । उक्त सुचि यस वेवको सूचनामा उपलब्ध रहेको छ।।।।।।।।।

परिचय


मुलुकको शैक्षिक क्षेत्र द्रुत गतिमा विकसित एवम् विस्तारित भइरहेको परिप्रेक्षमा शिक्षा मन्त्रालयमार्फत् सञ्चालित नीति, योजना र कार्यक्रमहरूलाई देशव्यापीरूपमा प्रभावकारी ढङ्गबाट कार्यान्वयन र अनुगमन गर्ने निकायका रूपमा शिक्षा विभागको स्थापना भएको हो । तत्कालिन अवस्थामा सञ्चालित आधारभूत तथा प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाअन्तर्गत सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिई सार्थक कार्यान्वयनको आवश्यकतासमेत विभाग स्थापनाको पृष्ठभूमि थियो ।

नेपाल  सरकारबाट २०५६ जेठ ९ गते राजपत्रमा सूचना प्रकाशित गरी आधारभूत तथा

प्राथमिक शिक्षा परियोजना र माध्यमिक शिक्षा विकास परियोजनाद्वारा सञ्चालित  कार्यक्रमहरूलाई निरन्तरता प्रदान गर्न तथा क्षेत्रीय शिक्षा निर्देशनालय  एवम् जिल्ला शिक्षा कार्यालयहरूलाई सक्रिय बनाई विद्यालयको विद्यमान  शैक्षिक प्रणालीलाई अझ बढी प्रभावकारी बनाउन शिक्षा मन्त्रालयअन्तर्गत  शिक्षा विभागको गठन गरिएको हो । 

शिक्षा विभागको परिकल्पना

जीवनोपयोगी र गुणात्मक शिक्षाको माध्यमद्वारा शिक्षित, सुसंस्कृत र समुन्नत तथा गतिशील समाजको स्थापना र विकास गर्न सहयोग पुर्‍याउन गुणस्तरीय शिक्षाको विकास तथा विस्तार गर्ने ।

शिक्षा विभागको लक्ष्य

शिक्षालाई विकासको संवाहक बनाउने दृष्टिकोणले सबैलाई आधारभूत शिक्षा उपलव्ध गराउने तथा सोभन्दा अगाडिको विद्यालयस्तरीय शैक्षिक अवसर सहज बनाउने

 

शिक्षा विभागको रणनीति

 

 शिक्षा विभागको कार्यनीति

उद्देश्यहरू

शिक्षा विभागका उद्देश्यहरू यसप्रकार छन्:


Copyright © 2012 नेपाल सरकार शिक्षा मन्त्रालय शिक्षा विभाग. All Rights Reserved.